यी हुन् यो वर्षका प्रतीक्षित भारतीय फिल्म

मुम्बई- नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भरपर्छ ।
तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरूको सूची निकाल्ने गरेको छ । आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।
सूचीमा ९ वटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ वटा तेलगु भाषाका । सूचीमा ४ वटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।
सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।
यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमारसहित आधा दर्जन अरू नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ ।
यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।
यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया