कर्णालीमा कांग्रेसका दुई मन्त्री नियुक्त, आजै शपथ

सुर्खेत : कर्णालीमा नेपाली कांग्रेसका दुई जना मन्त्री नियुक्त भएका छन् । शनिबार राती मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसबाट सिफारिस भएका यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री नियुक्त गरेका हुन् । जुम्लाबाट निर्वाचित सांसद दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास र सुर्खेतबाट निर्वाचित यज्ञबहादुर बिसी सामाजिक विकासमन्त्रीमा नियुक्त भएका हुन् ।
दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाही नेतृत्वको विसं २०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको बेहोरा जानकारी दिएका छन् ।
अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री शाही नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बिसी रहेका छन् ।
नवनियुक्त मन्त्रीद्वय श्रेष्ठ र बिसीको आजै पद तथा गोपनीयताको शपथ हुने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री नेपालीले जानकारी दिइन् ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया