महालक्ष्मी विकास बैंकद्वारा सामाजिक कार्यक्रमहरूमा सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।
त्यस्तै बैंकको गोगंबु शाखाद्वारा काठमाडौँ महानगरपालिका- २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्री खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै बैंकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका- ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई दुई थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । श्रीकृष्ण मन्दिरमा नियमित रुपमा दुई वटा हलमा भजन किर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका थिए ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_vKnDXcksPy_9i9xpydbbtflhwsvmtml3kzjzgewwtxpecjbbpwhccctf7my90jsz77nmtzv.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया