टिकट पाउनेले उम्मेदवारी नै दिएनन्
ठूला दलका प्रत्यासीबाट उम्मेदवारी दर्ता

सुदूरपश्चिम- राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् ।
सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए ।
'प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो,' उनले भने, 'प्रदेश सभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।'
ठूला दलका प्रत्यासीबाट उम्मेदवारी दर्ता
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का तर्फबाट छ जनाले आज निर्वाचन अधिकृतको कार्यालय कैलालीमा आ-आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ नेकपा (माओवादी केन्द्र) की रेनु चन्द, नेकपा (एमाले)की सावित्रादेवी घिमिरे, अन्य समूहतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा (एमाले) का ईश्वरीप्रसाद खरेल र अपाङ्गता समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट र नेकपा (एमाले) का रामचन्द्र जोशीले मनोनयनपत्र दर्ता गराए ।
प्रदेश सभा सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचन मण्डलले राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य रहेकोमा बझाङको प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिना अघि दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेश सभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष गरेर प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
यस्तै पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा (माओवादी केन्द्र) छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_lIyjC0pRSJ_4dz46vpcpiut3vphzk6oj9j86cl2zgedve5gb0yoq9g0sl91ourphoudr4ex.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया