उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगेको आरोपमा दुई जना दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको हो ।
विभागले नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए । उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामग्रीको व्यापार गर्नुका साथै कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको पाइएपछि विभागले कारबाही गरेको जनाएको छ ।
यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ ।
आज विभागले नयाँ बानेश्वर क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया