लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।
महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया