उम्मेद्वार छनोटप्रति गगनको असन्तुष्टि, २ बुँदे फरक मतमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । पार्टीको निर्णयप्रति आफ्नो लिखित असहमतिबीच बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा पूर्ण संलग्नता नरहेको थापाले उल्लेख गरेका छन् ।
'हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ' थापाले असहमतिको पहिलो बुँदामा लेखेका छन् 'यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’लगायतको मापदण्ड तय गरेको थियो । तर आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।'
'निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ' थपाले असहमतिको दोस्रो बुँदामा लेखेका छन् 'अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुत बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।'
यसैबीच कांग्रेसको भागमा परेको १० जना उम्मेद्वार टुंग्याएर टिकट बाँडफाँट गरेको छ ।
१० मध्ये सभापति शेरबहादुर देउवा समूहका ६ जनाले टिकट पाएका छन् । त्यस्तै शेखर कोइराला समूहका ४ जनाले टिकट पाएका छन् ।
कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगानालाई टिकट दिइएको छ । त्यस्तै बागमती विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई टिकट दिइएको छ ।
गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् भने लुम्बिनीमा विष्णुदेवी सापकोटालाई टिकट पाएकी छन् ।
त्यसैगरी कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।
बागमतीकी पुडासैनी, लुम्बिनीका सापकोटा, गण्डकीका श्रेष्ठ र परियार शेखर समूहले पाएका उम्मेद्वार हुन् । त्यस्तै कोशीका सिटौला, मधेशका ढुंगाना, बागमतीका बस्नेत, कर्णालीका रोकाया, सुदूरपश्चिमका भट्ट र बोहरा देउवा समूहका हुन् ।
महामन्त्री
२०८० पौष २२

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया