आयरल्यान्डको माथिल्लो सदनका अध्यक्ष भोलि नेपाल भ्रमणमा आउने

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा आयरल्यान्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् ।
अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल आउने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष बट्टिमरले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गर्ने र मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम रहेको छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष बट्टिमर सन् २०२२ डिसेम्बर १६ मा आयरल्यान्डको २६औं माथिल्लो सदनको अध्यक्षको रूपमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया