कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या

लमजुङ- बेँसीसहर नगरपालिका-८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन् । डिठ्ठा र तामेलदार पदमा छ-छ जनाको दरबन्दी भए पनि हाल तीन-तीन जनामात्र छन् । पाँच जनाको दरबन्दी रहेको नायब सुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन् ।
केही महिनाअघिसम्म पाँच नायब सुब्बा रहे पनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन् । अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उनको भनाइ थियो ।
कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा आवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको स्रेस्तेदार पौडेलले बताए । रासस

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया