५० मुरी धान फलाउने किसानलाई ४२ हजार रुपैयाँ प्रोत्साहन

ताप्लेजुङ : कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मैवाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए ।
उनका अनुसार देवीमाया र ङिमादावाले ७०/७० , ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई सो रकम शीध्र उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताए । रासस

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_4kv11zweMH_iy2vm7h7e8ce9mswsyqnkylume4byjnqawqimflsgjqjhdgxd7fwo9j17r6z.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_ilPA7QqieZ_uifrxvcpmisg03zc407d9ayzveqpihatj182un0yswxoapbbqbh77fi1xucc.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया