शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

मेयर बालेनले धरान पुगेर हर्कलाई दिए आकाश भैरवको प्रतिमा उपहार

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् ।

शुक्रबार धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश भैरवको उपहार दिएका हुन् । 

कार्यक्रममा मेयर शाहले धरान उपमहानगरपालिको प्रशंसा समेत गरे । धरानको श्रम संस्कृति अनुकरणीय भएको उनले बताएका छन् ।

यसअघि पटक-पटक सामाजिक सञ्जालमा दुई मेयरबीच भनाभन हुने गरे पनि यस कार्यक्रममा भने सुमधुर सम्बन्ध देखिएको छ ।