पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ)- तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।
भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । बिजुलीका लागि मिटरबक्स र प्राविधिक भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । नेपाल विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।
वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्ती र अग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ ।
हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरिया र दुईघरेमा मात्रै विद्युत् पुगेको थियो ।
करिब चार/पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता
भए पनि ठेकेदारको लापरबाहीको कारण बीचमा काम रोखिएको थियो । उनले भने, “म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरुप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।”
उनका अनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो तर स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उनले बताए । वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बिजुली बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ । रासस
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया