प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन : मुख्यमन्त्री कार्की

मोरङ - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालय काठमाडौँद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित लेखा परीक्षण, बेरुजु फछ्र्यौट तथा सम्परीक्षणसम्बन्धी अन्तरक्रियामा उनले वित्तीय अनुशासन कायम गर्न तथा बेरुजु शून्यमा ल्याउन कुनै किसिमको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिँदै यसमा कुनै किसिमको बहानाबाजी गर्ने छुट कसैलाई पनि नहुने बताए । उनले प्रदेशमा देखिएको बेरूजु आवश्यक कागजपत्रको समयमा दाखिला नगरेर भएको स्पष्ट पार्दै नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियम, कानुन विपरीत गलत काम गर्ने छुट कसैलाई नभएको बताए ।
कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कानुनअनुसार काम गरेमा कुनै बेरुजु नआउने उल्लेख गरे । महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट र प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बेरुजु फछ्र्यौटमा जिम्मेवार शाखाले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले गत आर्थिक वर्षमा प्रदेश सरकारले चालु र पूँजीगत तथा स्थानीय तहको अनुदान गरेर कुल बजेटको ८१ दशमलव ४५ प्रतिशत बजेट फछ्यौट गरिएको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव र लेखा प्रमुखहरुसँगको सहभागिता रहेको थियो ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया