सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

श्रीमान‍्को हत्या आरोपमा पशुपतिनाथ पक्राउ

सांकेतिक तस्विर

डडेल्धुरा - डडेल्धुरामा बुधबार मृत फेला परेका नरेश नाथको हत्याको आशंकामा उनकै श्रीमती पक्राउ परेकी छन्। बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ हिजो मृत अवस्थामा फेला परेका थिए। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकका अनुसार नाथको हत्याको आरोपमा उनकी श्रीमती २८ वर्षीया पशुपतिनाथ पक्राउ परेकी छिन्।

नाथ बुधबार डडेल्धुराको अमरगढी नगरपालिका–८ मा मृत अवस्थामा फेला परेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक नायकले बताए।