शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

काठमाडौँ - नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र  भारतका विदेशमन्त्री  एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे । 

“भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने ।