भारतीय विदेशमन्त्री जयशंकरको राजनीतिक भेटघाट तीव्र

काठमाडौँ - नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन् ।
बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसंग भेटवार्ता गरेका हुन् ।
भेटपछि एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमति लगायत दुईपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए । नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्रराष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए ।
त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्ध लगायतका बिषयमा छलफल भएको थियो । नेताहरुको भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसंगको सम्बन्धलाई थप उचाईमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया