युएईको फुजेराहमा ई-पासपोर्ट नविकरण घुम्ती शिविर आयोजना हुने

काठमाडौँ- संयुक्त अरब ईमिरेट्स (युएई) को फुजेराहमा ई-पासपोर्ट नविकरण घुम्ती शिविर (बुट क्याम्प) आयोजना हुने भएको छ । शिविर आगामी जनवरी १४ तारिख आइतबार दिन संचालन हुने नेपाल एसोसिएसन (एनआरएनए, एनसिसी) युएईका उपाध्यक्ष भिम मल्लले जानकारी दिए ।
नेपाल एसोसिएसन युएईले नेपाली दुतावासको सहकार्यमा ई-राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको हो । फुजेराह राज्य युएईको राजधानीआबुधावीबाट झन्डै ३ सय किलोमिटर टाढा उत्तर पूर्वी क्षेत्रमा पर्छ । सो क्षेत्रमा कामगर्ने श्रमिकलाई दुतावास आउन र सेवा लिन असहज हुने भएकाले नेपाल एसोसिएसन युएईको सहयोगमा घुम्ती टोली मार्फत सेवा प्रदान गर्न लागिएको हो ।
‘दुतावास बाट टाढा रहेका श्रमिकको सहजताका लागि दुतावाससँगको सहकार्यमा ‘पासपोर्ट बुट’ क्याम्प सॅगै जनचेतना कार्यक्रम गर्न लागिएको हो’, नेपाल एसोसिएसन युएईका अध्यक्ष विकास शाहीले भने ।
घुम्ती शिविरमा सेवा लिन पहिले नै फारम भरेर आबश्यक कागजात सहित सक्कल पास्पोर्ट लिएर उपस्थित हुनु पर्नेछ ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया