राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा थापाले राष्ट्रिय सभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् ।
उनले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरुपको बहस नै नहुने अवस्था रहेको धारणा राखे ।
दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा राष्ट्रिय सभा सदस्य छनौटमा समस्या देखिएको उनको भनाइ छ । त्यस्तै थापाले काँग्रेसले देश संकटमा रहेको भन्न नमिल्ने बताए । थापाले कुनै क्षेत्र रहँदा नै पार्टीसँग सम्बन्ध गाँस्न नसके भविष्यमा समस्या पर्छ भन्ने कुरालाई भंग गर्न संरचनात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।
संवैधानिक हिसाबले निरन्तर निर्वाचन सही ढंगले भइरहेको अवस्थामा मुलुक कुनै पनि हिसाबले अप्ठेरो अवस्था रहेको नदेखिएको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया