सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा १६औँ राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताए ।
सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उनले बताए । उनले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राखे ।
सडक, लोकमार्ग, उर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिंचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पननन गर्न सकेमात्र आर्थिक विकासको ढोका खुल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । नेपालको राजनीति संक्रमणकाल पार गरी स्थायित्वतर्फ अग्रसर भएको भन्दै उनले दलहरूले गरेको प्रतिबद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

प्रतिक्रिया