प्रधानमन्त्रीलाई कांग्रेस नेता घिमिरेको प्रश्न : तपाईंलाई सत्ता सुखका लागि जिताएको कि जनताको जीवनलाई सहज बनाउन ?

काठमाडौँ- नेपाली कांग्रेसको नेता गुरूराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तपाईंलाई सत्ता सुखका लागि जिताएको कि जनताको जीवनलाई सहज बनाउन ? भन्दै प्रश्न गरेका छन् । नेता घिमिरेले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो प्रश्न उठाएका हुन् ।
‘प्रमज्यू,भाष्य र संस्कार त समाजका अगुवाले बनाउने र बसाउने हैन र ?,’ घिमिरेले लेखेका छन्, ‘समुन्द्र मन्थनबाट निस्केको बिष शिवजी आफैंले पिएर संसारलाई बचाएको कथा हामीसँग छ । तपाईंलाई चुनाव जिताएको सत्ता सुखका लागि हो कि जनताको जीवनलाई सहज र सुखद बनाउन हो ?'
उनले जनताले भाषणबाहेक केही पनि पाउन नसकेको भन्दै गुनासो गरेका छन् ।
‘भाषण बाहेक जनताले के पाए आजसम्म ? अनि जनताले गोली खानुपर्ने,’ उनले लेखेका छन् ।
प्रमज्यू,भाष्य र संस्कार त समाजकाअगुवाले बनाउने र बसाउने हैन र!समुन्द्र मन्थनबाट निस्केको बिष शिवजीआफैंले पिएर संसारलाई बचाएको कथा हामीसँग छ।तपाईंलाई चुनाव जिताएको सत्ता सुखका लागि होकि जनताको जीवनलाई सहज र सुखद बनाउन हो?भाषण बाहेक जनताले के पाए आजसम्म?अनि जनताले गोली खानुपर्ने ?
— Gururaj Ghimire (@ghimire_gururaj) January 3, 2024

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया