बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

धनगढीमा पनि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

फाइल फोटो

काठमाडौँ - धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १ गतेबाट लागु हुनेगरी सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । 

बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । 

सूचनामा चुरोट, बिँडी, सिगार, तमाखु, सुरल्फा, कच्च सुर्ती, खैनी, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन अनुरोध गरिएको छ ।