रुसी सेनामा कार्यरत १० नेपालीको मृत्यु

काठमाडौं - रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको मृत्यु भएको छ।
उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन्। उनीसँगै थप दुई जनाको पनि मृत्यु भएको छ। स्याङ्जाका हरिप्रसाद अर्याल र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो।
योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो। जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन्।
रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन्। उनीहरूलाई छुटाउने सम्बन्धमा इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ कापरराष्ट्रले गृहकार्य गरिरहेको छ। परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये एक सय जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन्। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २ सय जना गएको उल्लेख गरेका छन्।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया