मार्भलको हिस्सा बन्न पाउँदा खुशी छिन् एमिलिया

लसएन्जल्स : एमिलिया क्लार्कलाई ‘गेम अफ थ्रोन’को डेनिर्य तारग्रेको रुपमा करोडाँैले मन पराए । एमिलिया स्वयंले पनि यो फिल्मले आफ्नो जीवन नै परिवर्तन गरिदिएको बताउने गरेकी छिन् । तर, एमिलिया यतिमै चित्त बुझाएर बसेकी छैनन् । नयाँ नयाँ चरित्रमा आफूलाई प्रस्तुत गरिरहेकी छिन् । यही क्रममा मार्भलले बनाएको सिरिज ‘सेक्रेट इन्भ्याजन’लाई लिएर एमिलिया थप उत्साहित छिन् ।
यसअघि डिज्नेमा सानो केमिया गरेको भए पनि सुपरहिरो फिल्मको दुनियाँमा एमिलियाले पहिलो पल्ट मौका पाएकी हुन् । यो फिल्ममा एमिलिया सामुयल एल ज्याक्सन र ओलिभिया कोलसँगै देखिनेछिन् ।
एमिलियाले हालै एक अन्तर्वार्तामा कमिक बुक खुब पढ्ने बताउँदै फ्यान्टसी आफ्नो मन पर्ने विधा भएको बताएकी छिन् । ‘ म फयान्टसी फिक्सन पढ्दै हुर्किएकी हुँ । तर, यसको मजा पढ्नमा भन्दा पनि कल्पनामा गर्न छ,’ उनले फिल्म साइन गर्नुको कारण बताउँदै भनेकी छिन्, ‘ यतिबेला मार्भलले जे गरेको छ त्यो साँच्चिकै मजा छ । यो परिवारको हिस्सा बन्न पाउँदा ‘कुल किड’को भीडमा बस्न पाएको अनुभव हुन्छ । ’ ‘सेक्रेट इन्भ्याजन’ अर्को साल मात्र रिलिज हुँदैछ । तर, फ्यान यो सिरिजका लागि धेरै नै उत्साहित छन् ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया