कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । साताको तेश्रो दिन अमेरिकी डलरको भाउ ५ पैसाले बढेको छ । मंगलबार एकको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसामा कारोबार भएको थियो ।
यस्तै युरोपियन युरो अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । आज युरो एकको खरिदमा १४६ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४७ रूपैयाँ ३३ पैसा तोकिएको छ । सोमबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६२ पैसा र बिक्री मूल्य १४७ रूपैयाँ २८ पैसा तोकिएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसा बढेको हो ।
त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा तोकिएको छ । सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८८ पैसा कायम गरिएको थियो ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ५१ पैसा र बिक्रीदर ९० रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।
त्यस्तै क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ ३१ पैसा र बिक्रीमा १०० रूपैयाँ ७७ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६२ पैसा कायम छ । राष्ट्र बैंकले आज एक अरेबियन रियालको खरिद मूल्य ३५ रूपैयाँ ४४ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६० पैसा तोकेको छ ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ९२ पैसा र बिक्रीदर २९ रूपैयाँ ०५ पैसा पाइन्छ ।
मंगलबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ४७ पैसा तोकिएको छ ।
त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९ पैसा तोकिएको छ ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया