अस्पताल बनाउन जग्गा खोज्दै पोखरा महानगर

पोखरा : पोखरा महानगरपालिकाले अस्पताल बनाउन जग्गा खोजी सुरु गरेको छ । ‘एक पालिका एक अस्पताल’ बनाउने केन्द्र सरकारको नीति अनुरुप महानगरभित्र अस्पताल बनाउने जग्गाको खोजी सुरु गरिएको हो ।
महानगरको ४ मंसिरमा बसेको नगर कार्यपालिकाको बैठकले जग्गा खोजीका लागि समिति गठन पनि गरेको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले डाक्टर नारायण ओझाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।
नेपाल सरकारले एक पालिका एक अस्पताल स्थापना गर्न मंसिर १५ गते देशैभरि शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । त्यसैका लागि महानगरले पनि सोही दिन शिलान्यास गर्ने गरी जग्गा खोजीको काम अगाडि बढाएको प्रवक्ता नेपालीले बताए । ‘हामीले मंसिर १५ गते शिलान्यास गर्ने गरी जग्गा खोजीको काम अगाडि बढाएका छौं,’ नेपालीले भने ।
गठित समितिमा डा. सरोज पोखरेल, किर्तीसागर बराल, पोखरा २६ का वडाध्यक्ष नारायण प्रसाद बराल, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल सदस्य छन् । समितिको सदस्य सचिव पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा छन् ।
बैठकले पोखरा १० रामघाटमा बन्ने भनिएको विवादित विद्युतीय शवदाहगृह निर्माणको सहजिकरणका लागि समिति गठन गरेको छ । पोखरा १० का वडाध्यक्ष शोभामोहन पौडेल संयोजक छानिएका छन् भने सदस्यहरुमा रामराज लामिछाने र राजकुमार गुरुङ छन् । शान्ति वन मासेर विद्युतीय शवदाह गृह बनाउन लागेको भन्दै स्थानीयले निरन्तर विरोध गरेपछि विद्युतीय शवदाहको काम अगाडि बढ्न सकेको छैन ।
ठेक्का सम्झौता भएर महानगरले काम गर्न निर्देशन दिएपनि काम गर्न नपाएपछि सिनर्जी काठमाडौं फर्किएको छ । विद्युतीय शवदाह गृह निर्माण रोक्न भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया