पाँच वटा संसदीय समितिको बैठक बस्दै, के-के हुँदैछ छलफल ?

काठमाडौँ- आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिबाट भएको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ । बिहान साढे ८ बजेबाट सुरू भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सम्बन्धमा छलफल भइरहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० र सप्तरी भ्रमण कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया