शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।

लोकतन्त्र प्राप्तिका लागि पटक-पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना हुनेछ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले 'राष्ट्रिय एकता तथा मेलमिलाप' दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।