आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू

काठमाडौँ- आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को शुरुवात भएको हो ।
यो संवत्् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरूको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ ’ का नाममा यो संवत्् मनाइन्छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया