मन्त्री किरातीको टिप्पणी : नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परे पनि सोचेअनुसार अघि बढ्न नसकेको बताए । उनले नेपालको पर्यटन नेपालीपनको हुनुपर्नेमा आफूले जोड दिएको दोहोर्याए ।
मन्त्री किरातीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरे पनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको जिकिर गरे । उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए ।
मन्त्री किरातीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया