जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । बलात्कार मुद्दामा अदालतले शनिबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका हुन् ।
सन्दीपका कानुन व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् । सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दीपका एक कानुन व्यवसायीले भने ।
कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन् । उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन ।
जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटिपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दीपका कानुन व्यवसायीले बताए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया