बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर सन्दीप

पर्सा- पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ ।

पर्सा-११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो । 

शुक्रबार जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन् ।

सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए ।