एउटा अद्भूत स्मार्टफोनको अर्थलाई पुनः परिभाषित गर्दै सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

काठमाडौँ- तपाईंको परिभाषामा एउटा अद्भूत स्मार्टफोन भनेको के हो ? के यसमा व्यापक Super AMOLED डिस्प्ले हुन्छ ? कि यसमा ५० एमपि OIS क्यामरा छ, जसले तपाईंका सबै पलहरूलाई स्पष्ट सँग क्याप्चर गरिदिन्छ ? हुनसक्छ तपाईंले एउटा त्यस्तो शक्तिशाली प्रोसेसरसहितको सुरक्षित उप प्रणाली चाहनु भएको हो जसले तपाईंको निजी एवं संवेदनशील जानकारीहरूको सुरक्षा गरिदेओस् । साथै, निसन्देह तपाईंले अत्यन्त छिटो चार्ज हुने क्षमता भएको, र धेरै समय चलिरहने ब्याट्रीको साथ साथै लामो समयको लागि अद्यावधिक OS युक्त स्मार्टफोन चाहना राख्नु भएको छ ।
यदि तपाईं तपाईंको लागि अद्भूत फोनको परिभाषा त्यसरी गर्नु हुन्छ भनें स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जिको प्रस्तुतिसंगै ती सबै आवश्यकताहरू र अझ त्यो भन्दा धेरै पूर्ति गर्ने स्मार्टफोन उपलब्ध गराएको छ ।
यो स्मार्टफोनले Full HD+ जोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त Super AMOLED Screen प्रदान गर्दछ । ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ एमपिको सेल्फि क्यामरा जडित छ भनें पछाडी OIS र VDIS(EIS) युक्त ५० एमपिको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरूलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरू खिच्न सहयोग गर्दछ । यसका साथै यसमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।
यस स्मार्टफोनमा Exynos 1280 प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जि सँग सामसङ Knox Vau को साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन । ग्यालेक्सी ए २५ ५जिको 5000mAh ब्याट्रीका साथ तपाईंले यो स्मार्टफोन दिनभर जति पनि चलाउन सक्नु हुनेछ र यससंगै उपलब्ध असली सामसङ २५ वाटको Type-C चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सक्नु हुनेछ ।
यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित One UI 6.0 मा ४ मुख्य एण्ड्रोइड OS अद्यावधिकहरू र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरू प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि र्याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरूमा पाइन्छ ।
यी सबै अद्भूत विशेषताहरूले सुसज्जित यो फोनमा अझ धेरै विशेषताहरू छन्, जस्तै Side Mounted Fingerprint sensor, Dolby Atmos वातावरणयुक्त स्टेरियो स्पिकर जसले चारैतिर अतुल्य ध्वनि प्रवाह र कलको दौरान अद्भूत आवाज प्रदान गर्दछ । यी सम्पूर्ण अद्भूत विशेषताहरूले भरपूर यो स्मार्टफोन हाल ८/१२८ जिबिको लागि ने.रु.४०,९९९/ र ८/२५६ जिबिको लागि ने.रु.४४,९९९/ बजार मूल्य कायम गरी एक अद्भूत स्मार्टफोनको परिभाषा दिएको छ ।
यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् तपाईंले शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँ फोनलाई आफ्नो बनाउन सक्नु हुनेछ । यो प्रक्रिया झँझटरहित छ र तपाईंले एक घण्टा भित्रमा उक्त स्टोरमा सम्पूर्ण काम सकेर नयाँ ग्यालेक्सी ए२५ ५जिको साथमा केही अद्भूत पलहरू सिर्जना गर्न तयार हुनु हुनेछ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया