गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बिहीबार अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
सर्वाेच्च अदालतले उक्त रिटको पेसी शुक्रबारका लागि तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गभर्नर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । रिटमा निवेदकहरूले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा सो सरह नभएको उनीहरूले जिकिर गरेका छन् ।
२०७६ चैत २४ मा अधिकारी गभर्नर नियुक्त भएका थिए ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया