राष्ट्रिय सभा निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

काठमाडौं - निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात जना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार १६ पुसदेखि लागु हुनेगरी कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।
उनीहरुले १६ पुसमै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमानिर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम समेत रहेको प्रवक्ता पौडेलले जानकारी दिए । आउँदो ११ माघमाम राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया