प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको दोस्रो जित

काठमाडौँ - जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले दोस्रो जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले १८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि लुम्बिनीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो ।
यो यस प्रतियोगितामा मधेश प्रदेशको दोस्रो जित हो । यो जितपछि ६ खेलमा ४ अंक हासिल गरेको मधेश अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै यो हारले लुम्बिनीलाई भने झट्का लागेको छ र प्लेअफमा छनौट हुने सम्भावना मुस्किल बनेको छ ।
लुम्बिनीको ६ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
अब लिगको अन्तिम खेलमा शनिबार मधेश प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोशी प्रदेशको सामना गर्नेछ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया