त्रिविमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बुधबार प्रदर्शन भएको छ ।
त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधारको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा बुधबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्नेलगायतका माग राखेका छन् ।
प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकर्मण्यताका कारण हजारौँ विद्यार्थीको भविष्य अन्योल बनेको बताए । उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिँदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तिमा ढिलाई भएको आरोप लगाए ।
उनीहरूले त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने भन्दै काम गर्न नसक्ने पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया