महिला राष्ट्रिय क्रिकेट : बागमतीले तेस्रो जित हात पार्दा मधेशको चौथो हार

काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले तेस्रो जित हात पार्दा मधेश प्रदेशले भने चौथो पराजय भोगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गर्दै बागमतीले ५ खेलमा तेस्रो जित दर्ता गरेको हो । लुम्बिनीको भने यो तेस्रो पराजय हो ।
बुधबार बागमतीले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय रन बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतिमा १ सय ९ रन जोडेको थियो ।
मुलपानी क्रिकेट मैदानमा भने सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५ विकेटले पाखा लगायो । प्रतियोगितामा सुदूरपश्चिमको यो चौथो जित हो भने मधेशको चौथो हार हो ।
बुधबार मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन बनायो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया