एनसीएचएलको १५औं वार्षिकोत्सव सम्पन्न, सात कर्मचारी सम्मानित
काठमाडौँ - नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । ८ पुसमा काठमाण्डौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो ।
एनसीएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणामा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको ९ करोड रुपैयाँभन्दा कमको पूँजीबाट सुरु भएको कम्पनीले बताएको छ ।
वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई ‘लंग सर्भिस अवार्ड’ प्रदान गरिएको थियो । कर्मचारीहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो ।

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रतिक्रिया