'अल्टिमा' बन्यो सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्रान्ड

काठमाडौं - अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा सात सय प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको छ ।
यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगतै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो ।
प्रमुख छनोट मापदण्डहरुमा जोड दिँदै, यो प्रतिष्ठित अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय बिक्री अांकडा, ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ ।
यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउँछ र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ ।
अल्टिमाले सन् २०२२ फेब्रुअरी देखि दराज यात्रा सुरु गरेको थियो र यही वर्ष नै आफ्नो अफिसियल वेवसाइट पनि सुरु गरेको थियो । यो छोटो अवधिमा अल्टिमाले सबै विधामा जम्मा १९ हजारभन्दा बढी बिक्रेताहरूमध्ये उत्कृष्ट रही यो उपाधि जितेको छ ।

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रतिक्रिया