२१ दिनको मात्रै सिसिटिभी फुटेज स्टोरेज विषयमा क्यानले भन्यो : बजेट अभाव भयो

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको कारण देखाएको छ ।
महाप्रबन्धक प्रताप बाबु तिवारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सिसिटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड-१९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको उल्लेख गरेका छन् ।
'विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड-१९ का कारण बजेट अभाव भई अरू प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन,' विज्ञप्तिमा भनिएको छ ।
यद्यपी २०८० असोज २७ गते बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सिसिटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र सम्पन्न हुने उनले बताएका छन् ।
विमानस्थलको सिसिटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उड्डयन कार्यालयले अहिलेसम्म केही सिसिटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमशः बढाइँदै लगिने जनाएको छ ।
विज्ञप्ती:

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया