अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका छन् ।
मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका हुन् । उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताए । अब मेरिटोक्रेसी सुरु हुने र त्यसको प्रस्थान विन्दु त्रिभुवन विश्वविद्यालय हुने उनले बताए ।
प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहु आयामिक कदम चाल्ने जिकिर गरे ।
उनले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताए । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताए ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया