प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्य-मुख्य कामका विवरणसहित सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिने बताइएको छ ।
सम्बोधन समारोहमा मन्त्रिपरिषदका सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत उच्च सरकारी अधिकारीको उपस्थिति छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । वर्तमान सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको छ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया