बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

पर्यटनमन्त्रीको राजीनामा माग्दै सनातन धर्मावलम्बीहरू सडकमा (फोटो फिचर)

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ । 

सनातन धर्मावलम्बीहरू सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । 

उनीहरूले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए । विरोध प्रदर्शनमा सहभागी भएकाहरूले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए ।