इजरायलले शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु

काठमाडौँ - इजरायलले हमासको शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अल मगाजी शरणार्थी शिविरमा इजरायलले हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ताले यस क्षेत्रमा मानिसहरूको बसोवास बाक्लो भएकाले मृत्तकको संख्या अझै बढ्ने बताएका छन् । इजरायली सेनाले भने यो हमलाको रिपोर्ट आइनसकेको बताएको छ ।
विभिन्न भिडियो फुटेजहरूमा दर्जनौं घाइते भएका र उनीहरूलाई माघाजीबाट नजिकैको अल-अक्सा अस्पतालमा लगिएको देखाइएको छ । घाइते बालबालिकाको अनुहार रगतले लतपतिएको छ भने शरीरका छालाहरू बाहिर निस्किएको देखाइएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार भएको आक्रमणमा तीन वटा घरमा क्षति पुगेको जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया