मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

सिन्धुपाल्चोकमा महिलाको शव टाउको नभएको अवस्थामा फेला

फाइल तस्बिर

काठमाडौँ - सिन्धुपाल्चोकमा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ । सुनकोसी गाउँपालिका ५ भोटेयमुनाकी डोल्मा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । 

जंगली जनावरले आक्रमण गर्दा डोल्मा तामाङको मृत्यु भएको प्रहरीको अनुमान छ ।  प्रहरीले सोमबार डोल्माको शव टाउको नभएको अवस्थामा फेला परेको जानकारी दिएको छ । उनी केही दिनदेखि हराइरहेकी थिइन् ।