जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

काठमाडौँ- एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।
कम्पनीले ग्राहकहरूको सहजताको लागि, ग्राहकहरूलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।
यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन ढलकेबर-६ का वडाध्यक्ष नन्दकिशोर यादव, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहकमार्फत संयुक्त रूपमा गरियो ।
यसको सुरुवात सँगै अब ढल्केबरका ग्राहकहरूले पायल मोटर पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।
'जेसिबी मेसिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको सुरुवात हामीले गरेका हौं र हामीले सुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,' कम्पनीका प्रतिनिधिले भने ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया