ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन गरेको छ ।
यही पौष १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको हाे ।
शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
यस अन्तर्गत, बैंकले पौष ४ गते बुधबार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो ।
यसैगरी, बैंकले अरू ६ वटा प्रदेशहरूमा यहि पौष महिनामा शिविरहरू संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवनस्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पौष १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभूत विद्यालयमा पौष २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिबार स्वास्थ्य नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया