सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार  नेकपा (माओवादी केन्द्र) की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए । 

बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या नौ पुगेको छ ।