गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।
आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए ।
देउवाले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोजीनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे ।

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

प्रतिक्रिया