वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् ।
पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमीसनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए । उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए ।
ओलीले भने, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूहभित्र, यही भ्रष्टाचार र कमीसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिँदैन । र, हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैं हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया